राष्ट्रपति पौडेलद्वारा मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अध्यादेश जारी   

राष्ट्रपति पौडेलद्वारा मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अध्यादेश जारी   


समयपथ
0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।