पक्राउपछि रायमाझी बाबु–छोरालाई काठमाडौं ल्याइँदै

पक्राउपछि रायमाझी बाबु–छोरालाई काठमाडौं ल्याइँदै


समयपथ
0
Shares

काठमाडौं । नेकपा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउँदैछ । टोपबहादुरलाई आज बिहान र सन्दीपलाई हिजो प्रहरीले पक्राउ गरेको हो । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न व्यक्तिहरुले रायमाझीका बाबुछोराको नाम लिएको र उनीहरुसँग आर्थिक लेनदेन पनि पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बाबुछोराविरुद्ध पक्राउ पूर्जी लिएको थियो ।

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई हिजै पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणमा गत १२ चैतमा प्रहरीले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।