काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे प्रकाशित भएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन ।
एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै भ्रामक समाचारकाे खण्डन गरेका हुन् ।
’आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेशित नगर्ने अनुरोध गर्दछु,’ नेता खाणले भनेका छन् ।
प्रतिक्रिया