काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षी गठबन्धन बनाएर अस्थिरता गराउँदै नहिँड्ने बताएका छन् ।
शुक्रबार साँझ पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन बनाउने प्रसङ्गमा उनले तत्काल त्यस्तो प्रस्ताव नआएको र आफूहरू सङ्गठन निर्माणमा लाग्ने बताए ।
लामिछानेले भने( एमाले अध्यक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भनियो तर मलाई आएको छैन र उहाँले नै भनिसक्नुभयो । अहिले एमालेसँग मिलेर विपक्षी गठबन्धन बनाउने प्रस्ताव आएको छैन । तर अस्थिरता आउँछ भन्दैमा सरकारले बाटो बिराएर गयो, आम जनताको पक्षमा काम गरेन भने राजनीतिक दलले राजनीतिक कदम चाल्नुपर्ने हुन्छ ।
सभापति लामिछानेले सरकारमा जान आफूहरूले पर्खेको नभएर सत्तापक्षले आग्रह गरे पनि सरकारमा गएर काम गर्ने वातावरण नदेखेपछि समर्थन फिर्ता लिएको बताए ।
प्रतिक्रिया