गण्डकीको योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

गण्डकीको योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त


समयपथ
0
Shares

काठमाडौँ। गण्डकीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

योजना आयोगको अध्यक्ष भने मुख्यमन्त्री हुन्छन् । प्रदेशको नीति निर्माण र योजना तर्जुमा प्रक्रियालाई वैज्ञानिक र पारदर्शी बनाउन गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गरेको थियो । आयोगलाई योजना तर्जुमा र नीति निर्माणका विषयमा काम गर्ने कार्यादेश छ ।

आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माण गर्ने बेलामा मन्त्रिपरिषद्ले डा. देवकोटालाई आयोगको उपाध्यक्षको रूपमा नियुक्त गरेको हो ।