आइएमई र प्रुडेन्सियलको एकीकृत कारोबार आजबाट

आइएमई र प्रुडेन्सियलको एकीकृत कारोबार आजबाट


समयपथ
0
Shares

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सको एकीकृत कारोबार आजबाट सुरु हुँदैछ । यि कम्पनीहरु एक आपसमा मर्जर भएर आज वैशाख २७ गते आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुदैछ ।

यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते र बिमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति दिइसकेको छ ।