प्रदेश सांसदकी छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर

प्रदेश सांसदकी छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर


समयपथ
0
Shares

उदयपुर । प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन् । बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो ।

अधिवक्ता तामाङले २०७७ असार २२ गते साे बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए । तर, बुधवार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजालसले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन् । सोही दिन उनको सजायँ तोकिनेछ । उनी माओवादीको तर्फवाट कोशी प्रदेशका लागि समानुपातिक सांसद हुन ।