मेयर खत्रीद्वारा सैनिक मुख्यालय-छालिङ-मच्छेनारायण सडक खण्डमा ढल राख्ने कार्यको शुभारम्भ

मेयर खत्रीद्वारा सैनिक मुख्यालय-छालिङ-मच्छेनारायण सडक खण्डमा ढल राख्ने कार्यको शुभारम्भ


समयपथ
0
Shares

काठमाडौं । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले सैनिक शिक्षालय–५ नम्वर वडा कार्यालय मच्छेनारायण सडक खण्डको शुभारम्भ गरेका छन् । नगर प्रमुख जीवन खत्रीले सैनिक शिक्षालय–५ नम्वर वडा कार्यालय मच्छेनारायण सडक खण्डमा ढल राख्ने कार्यको शुभारम्भ गरेका हुन ।

नगर प्रमुख खत्रीले आफ्नो कार्यकालमा विकास निर्माणको पहिलो सुरुवात यो सडकमा ढल राख्ने कार्यबाट भएको बताए । भावी पुस्तालाई अप्ठ्योरो नपरोस् भनेर दीगो विकासको लक्ष्यलाई आत्मसात गरेर यो सडकको स्तरोन्नतिका लागि अगाडि बढेको उनकाे भनाइ थियाे । ‘जनताले हामीलाई जुन भरोसा र विश्वास गरेका छन्, त्यो पूरा गर्ने वाचा गर्छु’ नगरप्रमुख खत्रीले भने, ‘नगरको वडा नं. ५ ठूलो तर विकास र भौतिक पूर्वाधारमा पछाडि परेको छ । यसलाई हामी अगाडि लैजान लागिपरेका छौं ।’ नगरप्रमुख खत्रीले तेस्रो वर्षमा यो परियोजना पूर्ण गर्ने बाचा गरे ।

उपत्यका विकास प्राधिकरणको सहकार्यमा नमुना सडक निर्माण कार्य अघि बढेको हो । चागुनारायणको संमृद्विको मार्गका रूपमा रहेको उक्त सडक हरित फूटपाथ,सडक लाइट र सीसी क्यामेरा सहितको सुविधासम्पन्न सडक बन्ने छ ।

वडा नम्वर ५ का वडाध्यक्ष जयन्द्र खड्काले छालिङलाई प्रथमिकतामा राखेर विकास योजना अघि वढाएकोमा मेयर खत्रीलाई धन्यवाद प्रकट गरे । छालिङबासीको सविधासम्पन्न कालोपत्रे सडकमा हिड्ने सपना चाडै पूरा हुने वडाध्यक्ष खड्काले बताए । ढल हाल्ने कार्यको शिलन्यास कार्यक्रममा वडाध्यक्ष जयन्द्र खड्का,वडा सदस्य प्रभुराम थापा, सुरेश कार्की, निर्मला केसी र छालिङबासीको उपस्थिति थियो ।