प्रेम-पराग

प्रेम-पराग


समयपथ
0
Shares

पुलुक्क हेरेपछि धीत मर्ने
आहा! मनै तल्तल शान्त गर्ने।
कस्ताे जुनी हाे जीव राग भर्ने
टुसाउने प्रेम- पराग छर्ने ।१।

सफेद छाँया कसिलाे उभार
अपार प्याराे अपुराे नपार!
फक्रेर हाँस्ने तन पाैडिएर
आनन्द हाेस् नन्दन बाैरिएर ।२।

मिष्ठान्नझैँ माेहित माेह ल्याऊन्
सुहाग सुशाेभित भै रमाऊन् !
भाका भुले लाख प्रताडनाले
सताउला सङ्कट सङ्टाले ।३।

किशाेर कान्ता कलिका मुनामा
खुलून् वसन्ती कली वासनामा !
अमिल्चिने ती अमिला नहाेऊन्
उन्माद आँखा मधुमास छाेऊन्!।४।

सुझाब साझा गर पालना त्याे
झुकाब ज्यादा भर तिर्सना त्याे !
प्रगाढ माया दिलमा निंदाओस्
लज्जावती सुन्दरता रमाओस् ! ।५।

………………………………………

मादी,सङ्खुवासभा
हाल: लाेकन्थली,भक्तपुर ।