चाँगुनारायण मन्दिरमा चन्दन घोट्ने मेसिन नगर प्रमुख खत्रीले गरे उद्घाटन

चाँगुनारायण मन्दिरमा चन्दन घोट्ने मेसिन नगर प्रमुख खत्रीले गरे उद्घाटन


समयपथ
0
Shares

काठमाडौं । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले ऐतिहासिक, धार्मिक र पौराणिक मन्दिर चाँगुनारायणमा चन्दन घोट्ने मेसिनको उद्घाटन गरेका छन ।भक्तजनहरुको घुइचो लाग्ने प्रशिद्ध मन्दिर चागुनारायणमा दाताले उपलब्ध गराएको चन्दन घोट्ने मेसिनको मेयर खत्रीले उद्घाटन गरेका हुन् ।

कागेश्वरी मनोहरा ४ निवासी राम भडेल, लक्ष्मण भडेल र सनतकुमार भडेलले आफ्ना स्वार्गीय मात ज्ञानी भडेल र पिता आइतनारायण भडेलको सम्झनामा चाँगुनारायण मन्दिरमा चन्दन घोट्ने मेसिन उपलब्ध गराएका हुन् । पुण्य कर्ममा समाहित भडेल परिवरले उपलब्ध गराएको मेसिन उद्घाटन कार्यक्रमा बागमति प्रदेशका भौतिक पूर्वाधार पूर्वमन्त्री कृष्णलाल भडेल, मन्दिरका प्रतिनिध र दाताका परिवरजनको उपस्थिति थियो ।

राम भडेल, लक्ष्मण भडेल र सनतकुमार भडेलले आफ्ना स्वार्गीय मात ज्ञानी भडेल र पिता आइतनारायण भडेलको सम्झनामा उपलब्ध गराएको चन्दन घोट्ने मेसिन मन्दिरमा हस्तान्तरण गरिएको छ ।
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ ।

चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए ।