पूर्वसभासद् शेर्पा र पूर्वगृहमन्त्री थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वसभासद् शेर्पा र पूर्वगृहमन्त्री थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी


समयपथ
0
Shares

काठमाडौं । प्रहरीले पूर्व सभासद् आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पा र थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको बताइएको छ । शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

जिल्ला अदालत काठमाडौंले शुक्रवार पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको छ । उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।