खाँणमाथि अनुसन्धान गर्न थप ४ दिन म्याद थप

खाँणमाथि अनुसन्धान गर्न थप ४ दिन म्याद थप


समयपथ
0
Shares

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ । नेपाल प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो । नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो ।

म संलग्न छैन : बालकृष्ण खाँण
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा खाँणले उक्त प्रकरणमा आफू संलग्न नभएको प्रतिक्रिया दिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।