पक्राउ पर्नुअघि बालकृष्ण खाँणले फिर्ता गरेका थिए १ करोड

पक्राउ पर्नुअघि बालकृष्ण खाँणले फिर्ता गरेका थिए १ करोड


समयपथ
0
Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ पर्नु अगाडि बिचौलियाबाट लिएको रकममध्ये एक करोड फिर्ता गरेका थिए ।

उनले उक्त रकम आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत फिर्ता गरेको प्रहरीले तथ्य फेला पारेको छ । भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले यस प्रकरणसँग जोडिएका राजनीतिक दलका नेता र प्रशासनिक कर्मचारीहरूको नाम दिन थालेसँगै पूर्व गृहमन्त्री खाँण पनि पक्राउ परेका हुन् ।