स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन


समयपथ
0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । मन्त्री बस्नेतले सुनकोसी गाँउपालिका र एक एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन ।

एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालका अध्यक्ष नेत्र कार्की अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष कुमार शाहीले स्वागत मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा सुनकोसी गाँउपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रावणकुमार जिसी, गाउँपालिका उपाध्यक्ष कान्छी मायाँ लामा, एक एक पाइला फाउन्डेसनका अध्यक्ष सुमनशमशेर थापा, ७ वटै सुनकोसी गाउँपालिकाका वडाध्यक्षलगायतको सहभागिता थियो ।

सुनकोशी गाउँपालिकाको सुविधासम्पन्न अस्पताल हो । विधालय, क्याम्पस नजिक र गाउँको केन्द्रमा अवस्तित अस्पताल पक्कि सडकसँगै जोडिएको छ । १० शैयाको लिफ्ट र अक्सिजन प्लाट सहितको यो अस्पताल भौतिक रूपमा सुविधासम्पन्न छ । २०७४ साल मंसिरबाट निर्माण सुरू भएको अस्तालको २०७९ साल साउन १ गतेबाट २४ घण्टै ईमर्जेन्सी सेवा सहित उपचार सुरू गरेको हो ।

मेजर अपरेशन काहेकका सबै उपचारात्मक सेवा अस्पतालले प्रदान गर्दै आएको छ । ठोकर्पा अस्पतालले इमर्जेन्सी, एक्से, प्रसुती,आँखा उपचार, दन्त सेवा, फारमेसी लगायतका सेवा दिदै आएको छ । यस अस्पतालबाट एसएस एमसी सेवा अन्तरग जेष्ठनागरिक र ओसीएमसी सेवा अन्तरगत लैङ्गीक हिंसामा परेका ४ जना महिलाको निशुल्क उपचार गरेको छ ।

तीन सयभन्दा बढीको मोतिविन्दुको सफल अप्रेसन गरेको छ । अस्पतालले तीन हजार बढी बिरामीको उपचार गरेको छ। अस्पताल निर्माणमा भौतिक तथा आर्थिक सहयोग गर्ने दाताहरूलाई मन्त्रीले बस्नेतले सम्मान गरेका थिए ।