स्वास्थ्य मन्त्री बस्नेतले ठोकर्पामा भने– ‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार देखिने गरी काम गर्छु’

स्वास्थ्य मन्त्री बस्नेतले ठोकर्पामा भने– ‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार देखिने गरी काम गर्छु’


समयपथ
0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार देखिने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बस्नेतले एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार देखिने गरी काम गर्ने बताएका हुन ।

स्वास्थ्य मन्त्री बस्नेतले र विपन्न विरामीको उपचार खर्चको जिम्मा राज्यले लिने बताए । सुर्तीजन्य पदार्थमा करको दायरा बढाएर विपन्न विरामीलाई (उपचार फण्ड) बनाएर उपचार गर्ने व्यवस्था मिलाउँछु’ उनले भने ‘उपचार नपाएर विरामीको मृत्यू हुने अवस्थाको मेरै कार्यकालमा अन्त्य गर्छु ।’

स्वास्थ क्षेत्रमा देखिएको बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न तत्कालका लागि खरिद प्रक्रिया रोकिएको उनले बताए । स्वास्थ्य बिमालाई पनि प्रभावकरी बनाउने उनले बताए । स्वास्थ्य र शिक्षा क्षेत्रमा जीवनभर काम गरे, अप्ठ्यारो परेका बेला सरकार नपुगेको ठाउँमा पुगेर जनताको घाउमा मल्हम लगाएको मान्छे हुँ, मसँग पार्टी र जनताको अपेक्षा र विश्वास छ’ मन्त्री बस्नेतले भने ‘पदमा नहुँदा त काम गर्ने मान्छ हुँ पदमा हुँदा काम नगर्ने कुरै हुदैन ।’

मन्त्री बस्नेतले सुनकोसी गाउँपालिकामा काक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउन उनले आग्रह गरे । एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटनका क्रममा मन्त्री बस्नेतले नेपालकै नमुना सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्यकर्मीलाई हौसला दिदै मन्त्री बस्नेतले भने ‘राम्रो काम गर्नुहोस् ठोकर्पा अस्पतालमा बजेट, जनशक्ति र उपकरणको अभाव हुन दिन्न ।’

२०७४ साल मंसिरबाट निर्माण सुरू भएको अस्तालको २०७९ साल साउन १ गतेबाट २४ घण्टै ईमर्जेन्सी सेवासहित उपचार सुरू गरेको हो । अस्पतालले तीन हजार बढी बिरामीको उपचार गरेको छ। मेजर अपरेशन बाहेकका सबै उपचारात्मक सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।

फरक प्रसङ्गमा मन्त्री बस्नेतले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना यही सरकारको पालामा स्थापना हुन्छ । त्यसको प्रस्ताव मैले गरेको हुँ।