सुवासनामा किन रम्रमाएँ ?
रवाफ रोजी अझ जम्जमाएँ ।
म तिर्सनाले हद छट्पटाएँ
हराउँदै मानवता गुमाएँ |१|
म कल्पना भै अति फुर्फुराएँ
म वेदना बोक्न परै उदाएँ ।
म वन्चना वेष्टनमा रमाएँ
कथा-व्यथा जोड्न खुबै सघाएँ |२|
म यातना दी सुखमा हराएँ
धराप धक्का धित धाक लाएँ ।
प्रपञ्चना बुन्न ऋचा रचाएँ
बिलाउँदा मानव ज्ञान पाएँ |३|
विभेदना बल्झन सुम्सुम्याएँ
अनाथका क्रन्दन गीत गाएँ,
कला गलाको करुणा मिसाएँ
जगार गैह्रो असमेल पाएँ |४|
चरक्क घाचोट थिए
सताएँ विनाशको सागरमा डुबाएँ !
विरक्तिका दुर्दिन कृत्य ल्याएँ
विडम्बना मानवता दबाएँ |५|
नबिर्सिने बर्वरता सजाएँ
नबर्सियो बादल बाढ ल्याएँ ।
म राहु भै साहु जुनी कटाएँ
हताहती आहत हात लाएँ |६|
……………..000…………….
मादी,सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर।
प्रतिक्रिया