तारकेश्वरका नगरप्रमुख महर्जनद्वारा एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक

तारकेश्वरका नगरप्रमुख महर्जनद्वारा एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक


समयपथ
0
Shares

काठमाडौं । तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । नगर प्रमुख महर्जनले पदभार ग्रहण गरेको एक वर्षको अवधिमा भएका उपलब्धि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन ।

मेयर महर्जनले पावर प्वइन्टमार्फत् ११ वटैको वस्तुस्थितिसहित नगरस्तरबाट सम्पन्न योजनाको जानकारी गराएका थिए । नगर प्रमुख महर्जनले नगरबासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने, करको दायरा बढाउने र सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई मुख्य एजेन्डा बनाएको बताए । यी कार्यमा निकै ठूलो उपलब्धि हात परेको उनको दाबी थियो ।

यसैगरी नगरको प्रसाशकीय भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको, खुला ब्यायमस्थल निर्माण कार्य सम्पन्न भएको र तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको नगर प्रमुख महर्जनले जानकारी दिए । नगरको समृद्विका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र खानेपानी मुहान संरक्षणमा उनको जोड थियो । आगामी आर्थिक वर्षमा १ देखि ११ वडामा १३ वटा देखिने खालका महत्वपूर्ण योजनामा बनाएर अघि बढ्ने बताए । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गुरु योजना बनाएर अघि बढेको नगरप्रमुख महर्जनको भनाइ थियो ।

नगर उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले एक वर्षको अवधिमा ५० प्रतिशत मुद्दाको न्यायिक निरूपण गरेको बताइन । कतिपय जनताको घरदैलोमा पुगेर पीडित र पिडकलाई सम्झाई बुझाई न्यायिक निरूपण गरेको अनुभव उनले सुनाइन । भूगोल अनुसार मुद्दाको प्रकृति फरक रहेको उनको भनाइ थियो ।

महिला र बालबालिकाको क्षेत्रमा पनि उल्लेखनीय सुधार भएको उनले दाबी गरिन् । पालिकाले असक्तलाई घरमै पुगेर कार्ड वितरण गर्दै आएको उनले भनाइ थियो । अनुगमन समितिको संयोजक समेत रहेकी उपमेयरले मापदण्ड अनुरूप योजना सम्पन्न गराउन र गुणस्तरीय काम गराउन नगरपालिका सफल भएको दावी गरिन् ।

तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले प्रथम वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमको २१ बुँदे उपलब्धि सार्वजनिक गरेका थिए ।  भ्रष्टाचार, वेरुजु,पेश्की लगायतका विषयवस्तुमा शुन्य सहनशीलता अवधारणा लागू गरिएकाे र पारदर्शीता,असल शुसाशन कायमका साथै प्रभावकारी कार्यान्वयनमा नगरपालिकाले ध्यान केन्द्रित गरेकाे डा घिमिरेले बताए ।

तारकेश्वर ३ का वडाध्यक्ष परशुराम अर्याल संयोजक रहेको पत्रकार सम्मेलनको सहजिकरण योजना तथा राजश्व शाखा प्रमुख सागर अर्यालले गरेका थिए । २०७९ जेठ ६ गते तारकेश्वरका जनप्रतिनिधिले पद बहाली गरेका थिए ।

डा‍ घिमिरेद्वारा प्रस्तुत २१ बुँदे उपलब्धिकाे पूर्णपाठ