काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना छन् ।
यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।
प्रतिक्रिया