काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
आईतवार ५ अंकले वृद्धि भएको नेप्से सोमवार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । सोमवार नेप्से परिसूचक ८दशमलव १० अंकले बढेर १८ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०दशमलव ५४ अंकले, फ्लोट इण्डेक्स ० दशमलवद ५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ०१ अंकले बढेको छ ।
सोमवार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम भने घटेको छ । आईवार १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै २ उपसमूहको परिसूचक भने घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक २ दशमलव४४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलव ५२ प्रतिशतले बढेको छ । तर यता व्यापार ० दशमलव ९९ प्रतिशत र बैंकिङ उपसमूहकोे परिसूचक ० दशमलव ०२ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिलिभर नेपालको शेयरमूल्य ७ दशमलव ०१ प्रतिशत र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।
तर यता ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ७ दशमलव ३७ प्रतिशत घटेको छ । सोमवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया