नगरकोट क्षेत्रमा सार्वजनिक जग्गामा सञ्चालित पसल नगरपालिकाको अनुरोधमा स्थानीयले हटाए

नगरकोट क्षेत्रमा सार्वजनिक जग्गामा सञ्चालित पसल नगरपालिकाको अनुरोधमा स्थानीयले हटाए


समयपथ
0
Shares

काठमाडौं । भक्तपुरको नगरकोट महादेव पोखरी क्षेत्रमा सार्वजनिक जग्गामा सञ्चालित पसल हटाइएको छ । चाँगुनारायण नगरपालिकाको अनुरोधमा सार्वजनिक जग्गामा सञ्चालित पसल हटाइएको हो ।

चर्चित पर्यटकीय नगरी नगरकोट क्षेत्रमा सर्वजनिक जग्गामा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका स्थानीयले नगरपालिकाको अनुरोधमा पसल हटाउन सहमत भएपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा सौहार्द ढंगबाट हटाउन सफल भएको हो । अतिक्रमित जग्गामा सञ्चालित पसल हटाउन वडा नम्बर ६ का वडाध्यक्ष धन बहादुर लामा र नगर प्रहरीले स्थानीयलाई अनुरोध गरेको थियो ।

सार्वजनिक जग्गाको संरक्षण र पर्यटकीय नगरीको सौदर्यताका लागि नगरपालिकाले लिएको अग्रसरतामा सहयोग गरेकोमा नगर प्रमुख जीवन खत्रीले खुसी व्यक्त गर्दै पालिकाको अनुरोधलाई स्वीकारेर सर्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरिएका पसल हटाएकोमा स्थानीयलाई धन्यवाद प्रकट गरे । सार्वजनिक स्थलमा निमार्ण गरिएका त्यस्ता संरचनाहरु हटाउन मेयर खत्रीले आग्रह गरेका छन । अन्य सार्वजनिक स्थलमा निर्मित संरचना क्रमैसँग नगरले हटाउदै जाने भएकाले नगरबासीलाई सहयोग गर्न मेयर खत्रीले अनुरोध गरेका छन ।