तिमीलाई लाग्दो हो, गजबको बदला लिए,
तर हेर त, म मुस्कुराई रहेछु ।
अनि लागेको होला अदृष्य भएरै बहुत पिडा दिए,
अः बरु सोच त, म किन मुस्कुराई रहेछु ……..
ऊ त्यो माथिको प्रकाश हेर त,
त्यो म माथि नै छ
र मलाई मुस्कुराउनका लागि भनिरहेको छ
जसरी कृष्णले अर्जुनलाई मार्गदर्शन गर्नु हुन्थ्यो, हो त्यसरी नै
मैले बुझेको छु, नियतीको अगाडि भगवानको पनि केहि लाग्दैन
लाग्थ्यो भने द्रौपदिको चिर हरण गर्ने प्रयास नै हुदैँनथ्यो
तिमी कौरब, म पाण्डब
तिम्रो हजार सेना, मेरो कृष्ण
कौरबले जस्तै हजार प्रयास गर,
फेरी पनि मेरो मुष्कान तिमीलाई उपहार ।।
प्रतिक्रिया