काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने जनाएका छन् ।
उनले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चुरे दोहन र महाभारत बगाउने खालको भएको जनाए । उनले बजेटमा मल खादको प्रत्याभुति नगरिएको जनाए । उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने उल्लेख गर्दै उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको टिप्पणी गरे ।
‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले विरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पुँजीसँगै विदेशी सेना आउनेछ,’ उनले भने, ‘सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन । शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन ।’
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिए ।
उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनमा चुनौती रहेको उल्लेख गरे । जडिबुटीलगायत कृषिमा बजेट राम्रो आएको सांसद शाहीको भनाइ छ । , ‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ । जडिबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसाबले,’ उनले भने, ‘आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ । सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन ।’
प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्ने गरी बजेट आएको उल्लेख गरे ।
प्रतिक्रिया