काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोहि याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनु भएको छ ।
आज राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्वीर बिश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्याएर सरप्राईज दिएको भन्दै उहाँले महिला अरोहिको साहस र आँटको प्रशंसा गर्नुभयो । राष्ट्रपति पौडेलले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आरोहिहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो । हिमाल अराोहि महिला याङजी शेर्पाले आफूले सरप्राईज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्विर हस्तान्तरण गर्नुभयो ।
संखुवासभा मकालु गाउँपालिकाकी याङजीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्वीर सगरमाथाको चुचुरोमा पुर्याउने संकल्प लिनु भएको थियो । अन्य साना कुनै पनि चुचुरो नचढी आरोहिले एकै पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । एकै पटक हिमाल अरोहण चुनौतिपूर्ण भए पनि पायोनियर एड्भान्चर ट्रेक मार्फत आरोहण गर्नु भएकी शेर्पाले वातावरण प्रतिकुल र मौसम र हिम पहिरोको सामना गर्दे सफल आरोहण गरेर राष्ट्रपति पौडेलको तस्विर र नेपालको नयाँ नक्सा एकैपटक सगरमाथाको चुचुरोमा पुर्याउन पाउँदा गौरव लागेको बताउनुभयो ।
पायोनियर एडभान्चर ट्रेकका डाईरेक्टर तथा कीर्तिमानी आरोहि मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीमा हिमाल अरोहण गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको र प्रतिकुल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताउनुभयो ।
कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया