उपमेयर हाफ म्याराथुन प्रतियोगितामा जिल्हमु प्रथम

उपमेयर हाफ म्याराथुन प्रतियोगितामा जिल्हमु प्रथम


समयपथ
0
Shares

संखुवासभा । चैनपुर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उपमेयर हाफ म्याराथुन प्रतियोगितामा जिल्हमु शेर्पा प्रथम भएकी छिन् ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारका साथ सम्पन्न शनिवार विहान भएको उक्त प्रतियोगितामा जर्सी नं. ७५ का तुलसा लिम्बूले ३५ मिनेट २० सेकेण्ड लगाएर सान्तवना, जर्सी नंं. ७४ का सन्जीमाया लिम्बूले ३५ मिनेटमा तृतीय स्थान, चैनपुर वडा नं. ९ जर्सी नंं. ९ का सयोदा कार्कीले ३४ मिनेटमा द्वितीय स्थान, र चैनपुर नगरपालिका वडा नं. १ का जर्सी नंं १२ का जिल्हमु शेर्पाले ३० मिनेटमा हाल्फ म्याराथुन दौड प्रथम स्थान हासिल गरेका प्रतियोगिता आयोजक सदस्य रामेश्वर योञ्जनले बताए ।

हाफ म्याराथुन प्रतियोगिता चैनपुरको जिरो प्वाइन्टबाट शुरु भएर वसपार्क, त्रिचोक , पुरानो कृषि विकास बैक, हस्पिटल चौक, क्याम्पस, शिवालय, दलपेडाँडा हूदै सिद्धकाली मन्दिर सम्मको दुरी तय गरी प्रतियोगिता सम्पन्न भएको खेल शिक्षक एवं म्याराथुन दौड सञ्चालक मोहन कुमार खत्रीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद साथै मेडल र प्रमाणपत्रले सम्मानीत गरिएको थियो । यसै गरी सडक यातायात व्यवस्थित गर्न सहयोग पु¥याउनुहुने ट्राफिक प्रहरी नविन श्रेष्ठलाई नगद रु १ हजार सहित प्रोत्साहित गरिएको नगर शिक्षा शाखा चैनपुरका प्रमुख कमल गौतमले वताए ।