कालापानीबारे प्रधानमन्त्रीले माफी माग्नुपर्ने एमाले माग

कालापानीबारे प्रधानमन्त्रीले माफी माग्नुपर्ने एमाले माग


समयपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला बंगलादेश जाने बाटोसँग कालापानी लिपुलेकको भूभाग साट्न सकिने अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले संसदमा आएर माफी माग्न भनेको छ । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने भन्दै उसले आइतबार दुबै सदनका बैठक अवरुद्ध गरेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभामा भने, ‘हामी भूपरिवेष्ठित राष्ट्रले समुद्रसम्म पहुँच पाउने कुरा हाम्रो स्वाभाविक अधिकारको कुरा हो, यहाँ त के भएको छ भने फूलबारी बन्दरगाहको रुट प्राप्त गर्नका नेपालको पश्चिमको कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र पनि हामीले दिन तयार छौं भन्नेजस्तो कुरा आज गएर गर्ने कुराले सिंगो राष्ट्रको शीर निहुरिएको छ । हामीलाई अपमानवोध भएको छ । राष्ट्रियतामाथि एउटा गम्भीर प्रश्नचिन्ह उठाउने काम भएको छ ।’

गिरीले अगाडि भने, ‘यस्ता कुराहरु प्रधानमन्त्रीबाट आउनु भनेको निकै दुःखद कुरा हो । सम्माननीय प्रधानमन्त्रीज्यूले यस्तो त्रुटि सच्याउनुपर्छ । सदनको अगाडि उहाँले माफी माग्नुपर्छ । नभएसम्म हामी अगाडि बढ्न सक्ने अवस्था रहँदैन । त्यो नभएसम्म सदन अगाडि बढ्न सक्दैन ।’

प्रधाधनमभन्त्री दाहालले भारत भ्रमणमा क्रममा कालापानीको भूमि बंगलादेश जाने बाटोसँग साट्न सकिने विकल्प सुझाएका थिए, जसमा एमालेले आपत्ति जनाएको हो ।