संखुवासभा । नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्यसमिति चैनपुरले प्रदेशसभा क्षेत्रीय सम्मेलन सम्पन्न गरेको छ । प्रदेश सभा (ख) क्षेत्रीय कार्य समितिले दिलकुमारी स्मृति सभा भवनमा प्रथम सम्मेलन सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति, प्रतिनिधि सभा सदस्य तथा खानेपानी पूर्वराज्य मन्त्री दीपक खड्काले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए । प्रदेश सभा क्षेत्रीय सभापति दिपेन्द्रमान शाक्यले प्रस्तुत गरेको राजनीतिक, आर्थिक र सांगठनिक प्रतिनिधि सम्मेलनले पारित गरेको छ ।
चैनपुर नगर कार्यसमितिका सभापति शंकरमान कडेल, जिल्ला सदस्य ज्ञानबहादुर कार्की, खाँदवारीका नगर प्रमुख महेश थपलिया, महाधिवेशन प्रतिनिधि थीरबहादुर राई, पाँचखपनका नगर प्रमुख विपिन राई, जिल्ला कार्यसमितिका उपसभापति रामकुमार जिमी, महासमिति सदस्य उमेश चौहान, महासमिति सदस्य अञ्जना लिंथेप, महासमिति सदस्य दीपक लिम्बू, महासमिति सदस्य थलकुमार लिंखा, महासमिति सदस्य तथा पूर्व जिल्ला पार्टी सभापति दिपनकुमार श्रेष्ठ, कोशी प्रदेशका उपसभापति टंकप्रसाद राई र जिल्ला सभापति, प्रतिनिधि सभा सदस्य तथा खानेपानी पूर्वराज्य मन्त्री दीपक खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजकका तर्फबाट प्रदेश सभा क्षेत्रीय उपसभापति देवराज सुवेदीले स्वागत र लोकेन्द्र लिम्बूले धन्यवाद मन्तव्य राखेका थिए ।
प्रतिक्रिया