काठमाडौँ । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौँ महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।
न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत स्रोतले जानकारी दिएको छ । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।
३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौँ महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।
प्रतिक्रिया