काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् ।
प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन् । प्राधिकरणले सोधेको सात दिने स्पष्टीकरणमा सातौँ दिन नै उनी रिट लिएर जवाफको साटो अदालत गएका हुन् ।
प्राधिकरणले सोधेको स्पष्टीकरण संविधानअनुकूल नभएको दाबीसहित स्पष्टीकरण बदर गर्न बालेनको माग छ ।
काठमाडौँको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौँ महानगरले ३२ जेठमा काम रोकिदिएको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो ।
त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन कारबाही नगर्ने भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया