काठमाडौँ । नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेको मुलुकहरूको संख्या १८१ पुगेको छ ।
शुक्रबार नेपालका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो।
बिहीबार मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। संयुक्त राष्ट्र सङ्घका १८३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।
प्रतिक्रिया