प्रेस युनियन नेपाल टेलिभिजनको अध्यक्षमा ममता कोइराला

प्रेस युनियन नेपाल टेलिभिजनको अध्यक्षमा ममता कोइराला


समयपथ
0
Shares

काठमाडौँ । नेपाल प्रेस युनियन नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनबाट ममता कोइरालाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ ।

अधिवेशन उद्घाटन समारोहमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी वर्षको बजेट लोकप्रियताको पछि लागेरभन्दा पनि लोकप्रिय बजेट ल्याउन सफल भएको बताएका थिए ।

मन्त्री महतले देशको अर्थतन्त्रको अवस्था र स्रोत साधनलाई मध्यनजर गर्दै आगामी वर्षको बजेट ल्याइएको बताए । उनले समग्र देशको आर्थिक स्थितिको बारेमा बताउनुहुँदै नेपाल टेलिभिजनलाई समयनुसार डिजिटल प्रविधियुक्त चल्न सुझाव दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले राष्ट्रिय टेलिभिजनको दायित्व निर्वाह गर्दै आइरहेको नेपाल टेलिभिजनले सोही अनुरुप सार्वजनिक भूमिकालाई थप प्रभावकारी र गतिशील बनाउँदै लगेको बताए ।

त्यस्तै टेलिभिजनका महाप्रबन्धका फूलमान वल तामाङले संस्थानलाई अघि बढाउन व्यावसायिक दक्षता, कार्यकुशलता, प्रभावकारिता र गुणस्तरको खाँचो पर्ने हुँदा सबै कर्मचारी एकजुट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियनकी सल्लाहाकार अनिता बिन्दुले देशमा परेको आर्थिक मन्दीले आमसञ्चार, पत्रकारिता व्यवसायिकतामा नै ठुलो धक्का पुगेको चिन्ता व्यक्त गरिन । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले कुनै पनि कार्यमा अघि बढ्दा मानिसको जात धर्म पार्टीभन्दा पनि उसको कार्यशैलिअनुसार प्रस्तुत हुनुपर्नेमा जोडदिए ।

त्यस्तै मिडिया कर्मचारी संघ युनिमीका राष्ट्रिय अध्यक्ष गोविन्द धितालले संस्थानलाई अघि बढाउन एक कर्मचारी, एक व्यवस्थापक मात्र नभई सबैको दायित्व रहनेमा जोड दिए । नेपाल प्रेस युनियन नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका निर्वतमान अध्यक्ष, दिपकजंग हमालले सरकारको बजेट वक्तव्यमा आमासञ्चारमाध्यमलाई पनि केही राहातस्वरुप स्थान दिनुपर्ने भन्दै सरकारलाई सुझाव दिएका थिए ।

त्यस्तै नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी र महासचिव दिलिप पौडेलले नेपाल टेलिभिजनले सरकारको आवाजलाई मात्र नभई जनताको आवजलाई पनि बुलन्द पार्नुपर्नेमा जोड दिए ।