स्वास्थ मन्त्री बस्नेत भन्छन् बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन

स्वास्थ मन्त्री बस्नेत भन्छन् बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन


समयपथ
0
Shares

काठमाडौं । बजेट कार्यान्वयनमा सवै मिलेर जानुपर्ने बताएका छन । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३ औँ नगरसभाको उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताएका हुन ।

मन्त्री बस्नेतले सवै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँदै वजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिए । “हामि जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सवै लाग्नु पर्छ, यसका लागि आफु सजग छु र अरूलाईसमेत सजग हुन आग्रह गर्दछु “ उनले बताए ।

 

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षा जस्ता क्षेत्र सवै नागरिकमा सर्वसुलभ बनाउन आफु लागि परेको बताउँदै सवै नागरिकमा आधारभूत सेवाको प्रत्याभुति हुनेगरि काम गरिने बताए । बिकास निर्माण र जनसेवामा राजनिती सकारात्मक हुनुपर्ने र निर्वाचनमा पार्टी फरक भएर लागेपनि विकासमा एकै भएर काम गर्नुपर्ने मन्त्री बस्नेतको जोड थियो ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसीना खड्का भण्डारीले प्राकृतिक सम्पदा संरक्षण गर्दै दिगो विकास लक्ष्य हाँसिल गर्न मन्त्रालय अग्रसर रहेको बताउँदै योजनावद्धरूपमा कार्यान्वयनमा आफुले काम गर्ने बताइन ।

त्यस्तै बार्हबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरपालिकाले किसान बिमा, माध्यमिक शिक्षा पूर्णरूपमा निशुल्क, एम्बुलेन्स तथा सव–वाहनसेवा जस्ता जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा काम गरिरहेको र नगरको वजेट यसकै वरिपरि रहने बताए।

बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामि आर्थिक बर्षका लागि रू ६० करोड २२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ। मेलम्चीको बजेट एक अर्व ४४ करोड ९५ लाख बढिको बजेट प्रस्तुत

मेलम्ची नगरपालिकाले आफ्नो १४ औं नगरसभामा आगामि आवका लागि रू एक अर्ब ४४ करोड ९५ लाख ३९ हजार छ सयको बजेट पस्तुत गरेको छ । शनिबार नगरपालिकाका प्रमुख आईतमान तामाङले प्रस्तुत गरेको आगामि आवको बजेट नगरसभाले सर्वसम्मत पारित गरेको छ ।

सभाको उद्घाटन समारोहमा स्वास्थ तथा जनसंख्यामन्त्री बस्नेतले यस क्षेत्रमा २५ शैयाको अस्पताल बन्ने प्रक्रिया अगि बढेको बताए । उनले गरिब तथा असाहयको उपचारमा सरकार सधै लागिपर्ने बताउँदै सबै सरकार मातहतका स्वस्थ्य संस्थाले सर्वसुलभ सेवा दिन आफू प्रतिबद्ध रहेको बताए ।

वि स २०७८ असारमा आएको विनाशकारी वाढिले पुर्णरूपमा क्षति भएका संरचनाको पुनः निर्माणमा आफू विषेश रूपमा लागिपरेको बताए । त्यस्तै उनले मेलम्चीस्थित बन्दै गरेको बेलिब्रिजको अवलोकन गर्दै निर्माणमा कुनै कारणले समस्या आए सहयोग गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।