काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जस लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोध गरेको आरोप लगाएका छन् ।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बाँचेको भनेर जनतामा भ्रम छर्नका लागि संसद् अवरोध गरेको बताए ।
हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद् अवरोध गरेको हो । नेपाली काँग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन । यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको सांसद खतिवडाले बताए ।
प्रतिक्रिया