कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने

कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने


समयपथ
46
Shares

काठमाडौं । नेपाली कांग्रेको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

उक्त पदमा माओवादी केन्द्रको पनि दाबी रहँदै आएको अवस्थामा सोमबार बालुवाटारमा बसेको संघीय सरकारको गठबन्धनले उक्त सहमति गरेको हो । बैठकपछि नेकपा एसका नेता राजेन्द्र पाण्डेले कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिए ।

कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका छन् । खापुङले नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसार दुई दल वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका छन् ।