काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपापालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय इनिङ खेले । निरजकुमार यादवले ४७ रन बनाउँदा सन्तोष यादवले २६ र सुर्यांश कोइरालाले १८ रन बनाए ।
अशोक धामीले ७ बलमा १ छक्का सहित ११ रन बनाए । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया