काठमाडौंमा मेलम्ची खानेपानी आपूर्ति बन्द

काठमाडौंमा मेलम्ची खानेपानी आपूर्ति बन्द


समयपथ
23
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरिएको छ । सरकारले एसियाली विकास बैंक (एडीबी)को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरेको हो ।

जलवायु परिवर्तन र वर्षा यामका कारण जुनबेला पनि बाढी आउन सक्ने भन्दै एडीबीले वर्षायामभरी मेलम्चीको सुरुङ बन्द गर्न खानेपानी मन्त्री महिन्द्र राय यादवलाई सुझाव दिएको मन्त्रालयले जनाएको छ ।

दुई वर्षअघि मेलम्चीमा आएको बाढीले यसको संरचनामा मात्र झन्डै एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो । पानी पर्दा धमिलो आउन थालेपछि क्षति हुनुभन्दा अघिनै खानेपानी मन्त्रालयले उपत्यकामा मेलम्चीको पानी आपूर्ति गर्न अघिल्लो सातादेखि नै बन्द गराएको हो ।