काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले आयुर्वेद सेवाको प्रवद्र्धन आवश्यकता रहेको बताएको छ ।
सोमबार काठमाडौंको सिनामगलस्थित पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिने स्वास्थ्य सेवाको सेवाको जानकारी दिई आयुर्वेद सेवाको प्रवद्र्धन आवश्यकता औलाएको हो । काठमाडौंले आयुर्वेद चिकित्साको महत्व, आवश्यकता र सेवाको बारेमा पत्रकारहरुसँग अन्क्रिया संचालन गरेको हो ।
केन्द्रको बारेमा जानकारी दिँदै डाक्टर पुनम नेपालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंबाट जुनसुकै प्रकारका विरामीहरुको उपचार सुलभ मूल्यमा भरपर्दो उपचार हुँदै आएको बताइन् । ्त्यस्तै डा नेपालले केन्द्र निशुल्क योग सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, परामर्श सेवा, जेष्ठ नागरिक स्वास्थ्य प्रर्वधन सेवा उपलब्धी गराउने बताइन् । साथै केन्द्रले २३ प्रकार औपधिका निशुल्क बितरण गर्ने तथा केन्द्र भित्र सुशुल्क फार्मेसी सेवा दिदै आएको छ । पछिल्लो समय महिलाको बिभिन्न रोगहरुको सिकार हुनुपरेको भन्दै महिलाहरुको स्वास्थयलाई ख्याल गदै केन्द्र महिला रोगको बिशेषज्ञ सेवा पनि नियमित रुपमा दिदै आएको छ ।
बाग्मती प्रदेश सरकारको सहयोगमा संचालित आयुर्वेद स्वास्थ्य केन्द्रले सुलभ र विश्वसनीय उपचार गर्दा गर्दै पनि आयुर्वेद उपचारप्रति सरकारको नीतिगत समस्याका कारण आकर्षण घटेको डाक्टर नेपालले बताइन् ।
उनले भनिन्, सरकारले आयुर्वेद पद्धतिको उपचार विधिलाई परम्परागत उपचार विधि भनेर वर्गिकरण गरेको छ । जसका कारण आयुर्वेद उपचार पद्धतिप्रति विरामीहरुको आकर्षण घटेको छ ।
तर उनले आयुर्वेद उपचार पद्धतिलाई विश्वसनीय र भरपर्दो उपचार विधिको रुपमा लिनुपर्ने बताइन् ।
त्यस्तैगरी उनले पछिल्लो समय दैनिक व्यवहार तथा असन्तुलित खानाका कारण विश्वभरका मानिसहरुमा अस्वस्थ बनेको पनि बताइन् ।
उनले ब्यक्ति स्वस्थय रहन दैनिक खानपानमा ध्यान दिनुको साथै नियमित योग अभ्यास गर्नुपर्ने सुझाएकी छन् ।
प्रतिक्रिया