काठमाडौँ । चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ । बैठक मोर्चामा आबद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको छ । मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा बैठकमा छलफल हुनेछ ।
मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने उक्त बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया