देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता

देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता


समयपथ
46
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ ।