छु घाइते घायल रोइराुछु
बुङ्गो पुँडे नायक धोइराुछु ।
कमाउ धन्दा कुविचार चेप
कहाँ गए ती करुणा विवेक रु।१।
आगो परेझैँ छ यहाँ हियामा
दुखेन पापी छु छियाछिया म ।
कठोर अग्लो अगुवा अलौटो
लुट्तैछ भोको तलुवा तनौटो ।२।
पैरो चलाएर छ रे अभाव १
दैलो लगाएन लुकेन लाज ।
छन् पैरबी बाधक भ्रष्टबाज
अदृश्य दुस्शासन रूप राज ।३ ।
विनष्ट भो सुन्दर देश मेरो
विभ्रष्ट भै नायक दर्दना यो ।
खप्तैछु भै घायल घाइते म
हुँडारको चाल अतालिएँ म ।४।
चिम्लेँछु आँखा तर आँसु काढी
लुकेर छोप्तैछु बढेछ बाढी ।
कस्ले कहाँ बुझ्छ र मर्म मेरोरु
बचाइदे दौँतर देश मेरो ! ।५ ।
नालायकी सेवक राजकाज
धराप छन् धामन साजबाज ।
दुष्कर्म पर्दा पद पोष्य जालो
फटाइदे फुङ्ङ खुलोस् उज्यालो १ ।६।
मादी, सङ्खुवासभा
हालस् लोकन्थली,भक्तपुर ।
प्रतिक्रिया