काठमाडौं । नेपाल तरुण दलका विद्वान गुरुङले बीपी स्मृति दिवस भव्य रुपमा मनाउन मातहतका समितिलाई परिपत्र गरेका छन् । अध्यक्ष गुरुङले ७७ वटै जिल्ला कार्य समितिलाई बीपी जयन्ती रचनात्मक र भव्यरुपमा मनाउन परिपत्र गरेका हुन् ।
साप्ताहिक रुपमा कार्यक्रम गरी वृक्षरोपण, रक्तदान र फलफुल बितरणलगायत कार्यक्रम गरी पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले जारी गरेको परिपत्रमा उल्लेख छ ।
आफूले गरेको कार्यको प्रतिवेदनसहित केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिँदै विपि स्मृतिको अवसरमा बाढी,पहिरोमा परी पीडित रहेका परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङ द्वारा जारी परिपत्रमा भनिएको छ।
प्रतिक्रिया