काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । ४१ औ बिपि स्मृति दिवसको अवसरमा तरुण दल भक्तपुरले आयोजना गरेको बिपिको शालिकमा माल्यार्पण र बृक्ष्यारोपण कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा बोल्दै अध्यक्ष गुरुङले गृहमन्त्रीको राजिनामा मागेका हुन् ।
अध्यक्ष गुरुङले देशको अन्तरास्ट्रिय बिमानस्थलको सुरक्षा गृहमन्त्रीको अन्तर्गतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभइकन यत्रो परिणामको सुन बाहिर आउन नसक्ने बताए ।
राष्ट्रियता र समाजवादको प्रतिपादन गरेर विपिले यो मुलुकमा लोकतन्त्रको स्थापना गर्न अनुकरणीय भुमिका खेलेको कुरा बताउदै अध्यक्ष गुरुङले गौरवशाली इतिहास बोकेको नेपाली काङ्ग्रेस पार्टीलाई कसैले हराउन सक्दैन । हामी आफूभित्रै एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्दा अहिलेको अवस्था आएको बताए ।
तरुण दल पूर्वअध्यक्ष एबम पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई अदालतले दोषी नठहराइकन बिभिन्न सन्चार माध्यमले नै दोषी ठहराउने काम भएकोले यस्ता कार्यहरु जो सुकै भए पनि रोकिनुपर्ने अध्यक्ष गुरुङले बताए ।
आउने दिनमा देशभरिनै तरुणहरु परिचालन हुने कुरा बताउँदै अध्यक्ष गुरुङ्ले नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
देशमा भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न नेपाल तरुण दलले रचनात्मक कार्यहरु आगामी दिनमा गर्दै जाने बताउदै विपि स्मृतिको दिवसमा कार्यक्रम राखेकोमा तरुण दल भक्तपुर जिल्ला कार्यसमितिलाई धन्यवाद दिए ।
प्रतिक्रिया