सचिव राउत फर्किए नियमित कामकाजमा

सचिव राउत फर्किए नियमित कामकाजमा


समयपथ
69
Shares

काठमाडौँ । सचिव कृष्ण बहादुर राउत नियमित कामकाजमा फर्किएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत सर्वोच्चको आदेशसँग दुई साता पछि आइतवारदेखि नियमित काममा फर्केका हुन् ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको भन्दै शुक्रवार थुनामुक्त गर्न आदेश गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको थियो । निर्णयकर्ता बाहिरै रहँदा टिप्पणी पेस गर्नेलाई समातेको भन्दै कर्मचारी रुष्ट भएका थिए ।

शाखा अधिकृत हुँदा मन्त्रिपरिषदमा पठाउने प्रस्तावका लागि भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट पेस भई आएको फाइल भूल सुधार हुन आवश्यक निर्णयार्थ पेस गरेको विषयको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको थियो । तह तहका अधिकारीहरूको राय लिएको उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते राउतमाथि मुद्धा नचल्ने निर्णय गरेको थियो ।