काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको साटो महासमिति बैठक बोलाउन प्रस्ताव गरिएको छ । पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् ।
मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेस विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन । त्यसैगरी केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक समापन गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन् । कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया