साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको छ : सञ्चारमन्त्री शर्मा

साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको छ : सञ्चारमन्त्री शर्मा


समयपथ
46
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले, साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै त्यो मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताएकी हुन् ।

अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरूपको नीति बन्न नसकेको उनको स्वीकारोक्ति छ ।

उनले भनिन् ‘साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौँ र क्याविनेटमा छिटो छिटो त्यो नीति बन्ने छ । अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगाडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौं । ’

उनले नयाँ पिँढीलाई सूचना प्रविधिको सकारात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको औँल्याइन् ।