क्यान्सरपीडित मोक्तानलाई कांग्रेसको ३ लाख २७ हजार सहयोग

क्यान्सरपीडित मोक्तानलाई कांग्रेसको ३ लाख २७ हजार सहयोग


समयपथ
92
Shares

काभ्रे । क्यान्सरबाट पीडित तेमाल गाउँपालिका वडा नं ७ का ११ बर्षीय अंकितकुमार मोक्तानको उपचारको लागि नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा १ (क) को अगुवाइमा सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ ।

प्रदेश कार्यसमितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ बुधबार बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बुबा अनिलकुमार मोक्तान र आमा शान्ती तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।

बाबुको उपचारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको अभियानको संयोजन गरेका नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले बालकको उपचारको लागि पार्टीका साथीहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको बताउँदै सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रम नेपाली काग्रेस क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान लगायत नेता कार्यकर्ताको उपस्थिती थियो ।