चार दिनभित्र कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

चार दिनभित्र कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान


समयपथ
46
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै रिक्त रहेको कोशी प्रदेशको मुख्यमन्त्री पदमा चार दिनभित्र दाबी पेस गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले असार १६ गते ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार सरकार गठनका लागि सभामुखको हस्ताक्षार प्रयोग भएको भन्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गराएको थियो । साथै सात दिनभित्र सरकार गठनको प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको थियो ।