याैटा वियाेग

याैटा वियाेग


समयपथ
253
Shares

छाेडेर जाने जन फर्किदैन
फाेटाे नजीकै छ जुनी हुँदैन ।
निन्द्रासितै आउँछ सम्झना त्याे
भुलाैँ भनेकाे किन बिर्सिदैन ?।१।

छाती बिचैमा ममता छ माया
गह्राैँ छ याे जीवन हुन्न छायाँ ।
नसक्नु भाे बिर्सिन बिर्सिएन
पत्नी प्रिया प्यार कुनै रहेन ।।२।

पाकाे कुँजाे जीवन वृध्द पाटाे
नपर्खिने काल पिपासु पासाे ।
फकाउँदै साथ लगी छुटायाे
याैटा वियाेगी मुटु बर्बरायाे । ।३।
———000——-
मादी,सङ्खुवासभा
हाल:लाेकन्थली,भक्तपुर ।