मेरो भोइस युनिभर्स गायन रियलिटी सोमा परेशको धमका प्रस्तुति

मेरो भोइस युनिभर्स गायन रियलिटी सोमा परेशको धमका प्रस्तुति


समयपथ
2.3k
Shares


काठमाडौं । चराहरुको आवज सँगै मिठो भाकामा गीत गाउदै उकाली ओराली, वन, जङगल गर्ने व्यक्ति उनै हुन परेश राई । संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं १० ईखुम्वामा जन्मिएका राईले ‘मेरो भोइस युनिभर्स’ नामक गायन रियलिटी सोमा धमका दिदै आईरहेका छन ।


परेशले वेशीमा वग्ने पिवुला खोला, अरुण नदि, अरुण उपत्यका, वन, जङगल जनजीवनलाई समेटेर मार्मिक शब्दमा गीत बनाई सानै उमेर देखि गाँउघरमा गीत गाउन सुरुवात गरेका थिए ।


सुरीलो स्वरको धनी गायक परेश राई सानै उमेरमा वि.स २०७१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पुर्वाञ्चलमा प्रथम भएका थिए । यस अघि सञ्चालन भएको गायन क्षेत्रकै भ्वाईस अफ नेपाल सिजन फाईभ रियालिटी सोको नकआउट चरणसम्म पुगेका थिए ।

मिजासिला, सहयोगी र सामाजिक भावना भएको गायक परेश राई पुर्वेली भाका, पश्चिमेली भाका, आधुनिक, पप, देउडा, रोधी गीत सहजै गाउन सक्ने भएको कारणले मेरो भोइस युनिभर्स नामक गायन रियलिटी सोको टप सिक्स सम्म पुग्न सफल भएका हुन । छन्दवद्ध मुक्तक,गजल कविता बाचन गरेर दर्शक, स्रोता र निर्णायक मण्डलको ध्यान केन्द्रित गरी मिठास गीत गाउनु परेश राईको फरक खुवी रहेको छ ।
“पुतलीको हुलहरु तिमी जस्तै लाग्छन्, फर्किएको फुलहरु तिमी जस्तै लाग्छन, उकालीमा हिड्दा हिड्दै प्यास लागे पछि,भुल्किएको मुलहरु तिमी जस्तै लाग्छन्” यस्ता छन्दवद्ध मुक्तक,गजल कविताहरु बाचन गरेर गीत गाउने परेश राईको शैलीलाई दर्शक र स्रोताहरुले अत्यन्तै रुचाएका छन । “साधान बिना साङगीतिक यात्रा सफल हुदैन, अग्रजको मार्गदर्शन र आफ्नो कर्म विना फल प्राप्त हुदैन” भन्ने सोच भएको युवा गायक परेश राईले सवै सँग भोट गरी दिनु भनी बिनम्र अनुरोध गरेका छन ।
https://merovoice.myintraapp.com अथवा Play store मा गएर myintra apps Download गरी परेश राईको फोटो सँगै रहेको VOTE Now मा क्लिक गरेर E-Sewa,Khalit, IME Pay, Prabhu pay मार्फत सहजै भोट गर्न सकिन्छ । भोट गर्ने अन्तिम सयम २०८०/०४/२१ गतेको दिउँसो २ बजे सम्म रहेको छ ।