महिला विश्वकप फुटबलमा आज प्रि–क्वाटरका दुई खेल हुने

महिला विश्वकप फुटबलमा आज प्रि–क्वाटरका दुई खेल हुने


समयपथ
46
Shares

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आइतबार प्रि–क्वाटरका दुई खेल हुनेछन् ।

अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुई उपाधि दावेदारहरु स्विडेन र अमेरिका भिड्नेछन् । जारी प्रतयोगिताको समुह चरणमा स्विडेनले सबै तिन खेल जितेको थियो भने अमेरिकाले भियतनामलाई हराउँदा पोर्चुगल र नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो ।

आइतबार नै सिड्नीमा हुने दोस्रो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाको सामना गर्नेछ । नेदरल्याण्ड्स समुह विजेताको रुपमा तथा दक्षिण अफ्रिका उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् ।

यसअघि शनिबारको खेलहरुमा विजयी हुँदै जापान र स्पेन क्वाटरफाइनलमा पुगेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा जापानले नर्वेलाई ३–१ ले हराउँदा स्पेनले स्विट्जरल्याण्डमाथि ५–१ को फराकिलो जित निकाल्यो ।