काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटेल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुगमन सुरु गरेको महानगरले जनाएको छ ।
पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको नगर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार त्रिपुरेश्वरको विभिन्न पसलहरूमा खानेपानी जारको अनुगमन भएको छ । अनुगमनको क्रममा माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीको जार नष्ट गरिएको छ । माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीले नै महानगरको कार्यालय सहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको महानगरले जनाएको छ ।
प्रतिक्रिया